नियम १८
विद्यार्थी भर्ना
एकीकृत प्रवेश परीक्षा उत्तीर्ण परिक्षार्थीहरूको नियम १३ बमोजिमको योग्यताक्रममा रहेका उम्मेदवारहरुमध्ये माथिल्लो योग्यताक्रममा रहेका उम्मेदवारले प्राथमिकता दिएको शिक्षण संस्था वा विषयमा भर्नाका लागि प्राथमिकता पाउने गरी आयोगले निर्धारण गरेको म्याचिङ्ग प्रणालीद्वारा विद्यार्थी भर्ना गरिनेछ ।